मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा बायर्न म्युनिखका पोलिस स्ट्राइकर लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको किर्तिमानसमेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको कीर्तिमान तोडेका हुन् ।



यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

 

सम्बन्धित समाचार