काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको हो ।यसअघि नेपाली काँग्रेसले पुस २७ गतेका लागि तय गरेको जिल्ला अधिवेशन राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी माघ १५ गतेको लागि सारिएको थियो ।



काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।

 

सम्बन्धित समाचार