
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको हो ।
आयोगले निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । जसमा मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
कोरोना संक्रमित मतदातालाई छुट्टै लाइनको व्यवस्था गर्न निर्देशन दिँदै आयोगले संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने बताएको छ । त्यस्तै आयोगले मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न निर्देशन दिएको छ । मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
विज्ञप्ति
