देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, बैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको हो ।

प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् । सो प्रस्तावबारे पनि तीन नेताबीच छलफल भएको छ । गठबन्धनका अन्य दलसँग परामर्श गरेर मात्र यस विषयमा निष्कर्षमा पुग्ने सरकारको तयारी छ ।

सम्बन्धित समाचार