सत्ता गठबन्धनको बैठक आज, बैशाखमा संसदीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावउपर छलफल हुने

सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आजबस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। यसअघि बिहीबारै बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो।

हिजो प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तापछि आजका लागि बैठक तय भएको हो।

आजको बैठक मुख्य रुपमा स्थानीय तहको निर्वाचन लगायतको पछिल्लो राजनीतिक घटनाक्रममै केन्द्रित हुने नेताहरुले बताउँदै आएका छन्। निर्वाचन आयोगले वैशाखभित्रमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ।सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन।२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पदावधि जेठ ५ पछि सकिने र स्थानीय तह रिक्त हुने भन्दै आयोगले वैशाखमा निर्वाचन गराएर ३१ गते अगाडि नै शपथ ग्रहण गराइसक्नुपर्ने बताउँदै आएको छ।

तर, गठबन्धन दलले भने संविधान र स्थानीय निर्वाचन ऐन बाझिएको भन्दै आवश्यक छलफल गरेर स्थानीय तहको निर्वाचन केही समय सार्नुपर्ने बताउँदै आएका छन्। साथै बैशाखमा संसदीय निर्वाचन गरेर मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रचण्डढको प्रस्तावबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।

सम्बन्धित समाचार