पृथ्वी तीव्र गतिमा चिसिँदै, मानव अस्तित्व नै खतरामा पर्ने चेतावनी

पछिल्लो एक अध्ययनले पृथ्वीको केन्द्र अहिले तीव्र गतिमा चिसिरहेको देखाएको छ । जसले अब पृथ्वीमा कहिलेसम्म मानव अस्तित्व रहन सक्छ भन्ने प्रश्नहरू उब्जाएको छ । तर, त्यो चिसिने प्रक्रियाको कुनै निश्चित समय तालिका छैन । यसरी चिसिँदै जाँदा अन्तत: पृथ्वी पनि मंगल ग्रहजस्तै ठोसमा परिणत हुन हुने वैज्ञानिकहरूको दाबी छ ।

अध्ययनका प्रमुख लेखक तथा ईटीएच जुरिच प्राध्यापक मोतोहिको मुराकामीले भनेका छन्, ‘हाम्रो अध्ययनको प्रमाणले पृथ्वीको गतिशीलताबारे नयाँ दृष्टिकोण दिन सक्छ । ती परिणामहरूले बुध र मंगलजस्ता चट्टाने ग्रहजस्तै पृथ्वी पनि चिसिरहेको र सोचिए भन्दा निकै तीव्र गतिमा निष्क्रिय हुँदै गइरहेको सुझाउँछन् ।’

वैज्ञानिकहरूको टोलीले पृथ्वीको केन्द्रीय भागबाट कति ब्रिडम्यानाइट प्रसार हुन्छ र केन्द्रीय भागबाट म्यान्टलमा उच्च ताप बहिरहेको छ भन्ने विषयमा अनुसन्धान गर्दा सामान्यतया ताप खेर गइरहेको र पहिला सोचिए भन्दा केन्द्रीय भाग छिटो चिसिँदै गइरहेको अध्ययनले देखाएको छ ।

सम्बन्धित समाचार