नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ माघ ।
काराबाओ कप फुटबलको फाइनलमा लिभरपुल प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा दुबै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । लिभरपुल समग्रमा २-० को जितसहित फाइनलमा प्रवेश गरेको हो । लिभरपुललाई फाइनल पुर्याउन डिएगो जोटाले २ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा जोटाले खेलको ७७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।
त्यसअघि खेलको ९० औं मिनेटमा थोमस पार्टेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । अब उपाधिका लागि लिभरपुलले चेल्सीको सामना गर्नेछ । टोटनहमलाई पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको थियो । फाइनल खेल फेब्रुअरी २७ मा हुनेछ।