
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि (माघ ८) गते बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हो ।
पार्टी केन्द्रीय कार्यालयले कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको जानकरी दिएको छ ।
यद्यपि पार्टीको स्थायी समितिका पूर्व सदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी भोलि (शनिबार) बिहान ८ः३० बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
