
काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणाली लागू हुने प्रशासनले जनाएको छ । तर प्रशाशनले एम्बुलेन्स, दमकल, शवबाहन औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनमा जोरबिजोर लागू नहुने जारी गरेको थप आदेशमा उल्लेख छ ।
त्यसैगरी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन ।
सूचना
