किन स्थगित भयो काँग्रेसको १६ जिल्लाको अधिवेशन ?(विज्ञप्तिसहित)

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । आज (शुक्रबार) नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै स्थगित गरिएको जानकारी दिएको हो ।

यसअघि पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको हो । नेपाली काँग्रेसले पुस २७ गतेका लागि तय गरेको जिल्ला अधिवेशन राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी माघ १५ गतेको लागि सारिएको थियो ।



त्यस्तै काँग्रेस निर्वाचन समितिले अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने बताएको छ । काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार