
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ ।
आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकमा स्थानीय तहको निर्वाचन र एमसीसीलगायतका विषयमा छलफल भएको थियो। स्थानीय निर्वाचनमा देखिएको अष्पष्टताबारे सर्वदलीय बैठकमा छलफल हुने भएको छ ।
