निर्वाचनबारे माओवादी आन्तरिक छलफलमा, निवर्तमान स्थायी समिति बैठक सम्पन्न

आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिएका छन् ।

पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लको भनाइ छ ।

आज बस्ने भनिएको सर्वदलीय बैठक स्थागित भएपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सम्बन्धित समाचार