जुनियरलाई मानेर जानुपर्छ भनेपछि छुट्टै उम्मेदवारी दिएँः प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले नेता शेखर कोइरालातर्फ संकेत गर्दै आफूलाई अन्यायमा पारेको बताएका छन्। चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो’, नेता सिंहले भने, ‘तर अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनें।’

उनले १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूलाई अन्याय गरेकै कारण छुट्टै उम्मेदवारी दिएको बताएका हुन्। सिंह १४औं महाविधेशनमा सभापति पदमा पराजित भएका थिए। संस्थापनइतर समूहबाट शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिएका थिए। उनी पनि पराजित भएका हुन्।



नेता सिंहले अर्को प्रसंगमा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताए। संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहको निर्वाचन संविधानबमोजिम हुनपर्ने जिकिर गरे।

सम्बन्धित समाचार