मधेस प्रदेशको राजपत्रमै चुच्चे नक्सा गायब भएपछि चौतर्फी विरोध

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेस प्रदेशको राजपत्रबाटै गायब भएको छ। गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेस प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेस प्रदेश गायब भएको हो।

२०७७ जेठ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो। तर प्रदेश २ बाट मधेस प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो। माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ। मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन्।

तर यसबारेमा प्रदेशसभा र मधेस प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन। चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन।

सम्बन्धित समाचार