निर्वाचन आयोगको पत्रपछि राप्रपाले बोलायो आकस्मिक पदाधिकारी बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सीमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो।

आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संशोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपा छलफलमा जुट्न लागेको हो। ‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ, बैठक आज दिउसो १ बजेपछि बस्ने बैठकले आवश्यक निर्णय लिनेछ’ केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने।



गत मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि आयोगलाई महाधिवेशनबाट पारित नयाँ विधान पठाएको थियो। तर, राप्रपाको नयाँ विधानमा ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको भन्दै मान्यता नदिने जनाएको छ।

सम्बन्धित समाचार