प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक, माघ २७ मा पदाधिकारी चयन गर्ने तयारी

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।



उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वयन समिति, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन् ।

सम्बन्धित समाचार