नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

एमाले महासचिव शंकर पोखरेलले सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मोहरा बनाएको पनि बताएका छन् ।
महासचिव पोखरेलले ०५९ सालको जस्तैगरी देउवाले चुनाव टार्न खोजेको आरोप लगाएका छन् । पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५९ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्, ‘हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।’
