‘ओमिक्रोन जति धेरै फैलिन्छ त्यति धेरै नयाँ भेरियन्ट आउँछन्’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउन सक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक र जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकाले निरन्तर सावधानी अपनाउन उनले आग्रह गरे ।

डा पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकाले ओमिक्रोन कमजोर भयो, डेल्टा भेरियन्टलाई विस्थापित गर्‍यो भनेर ढुक्क हुन नसकिने बताए । विश्वव्यापी रूपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए । अर्को भेरियन्ट योभन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।



महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा सक्रिय सङ्क्रमित रहँदा संस्थागत आइसोलेशनमा झन्डै १२ सय जनामात्र रहेको र अन्य सङ्क्रमित घरमै आइसोलेशनमा बसिरहेको बताए ।

सम्बन्धित समाचार