महासचिवमा दाबी गर्दै वर्षमानले भने-‘सहमति नजुटे निर्वाचन गरियोस्’

माओवादी केन्दका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफनो दाबी स्वभाविक भएको बताएका छन्। चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै पुनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे।

उनले सकेसम्म सहमतिमै आफू महासचिव हुनेसमेत बताए। सहमति नजुटे आफू प्रक्रियामा गएर प्रतिस्पर्धा गर्नसमेत तयार रहेको पुनको भनाइ थियो। नेता पुनले भने, ‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ। मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ।’

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए।

सम्बन्धित समाचार