नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई गएको शुक्रबार काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि आज दाहाललाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि फेरि थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।
