राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, स्थानीय निर्वाचनबारे राष्ट्रपतिको चासो

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ। बुधबार सातै प्रदेशमा राष्ट्रियसभाको परिणाम आएपछि विहीबार दिउँसो ३ बजेदेखि चार बजेसम्म दुईजनाबीच भएको वार्तामा आसन्न स्थानीय तह निर्वाचनबारे कुरा भएको छ।

एक घण्टा लामो संवादका क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच निर्वाचनमै केन्द्रित भएर कुरा भएको छ। राष्ट्रपति भण्डारीले समयमै स्थानीय तह निर्वाचन गरेर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सुझाउनु भएको बताइन्छ ।

स्थानीय तह निर्वाचन समयमै हुनुपर्ने राष्ट्रपतिले बताएपछि प्रधानमन्त्री देउवाले सल्लाह गर्ने जवाफ दिएका छन्। राष्ट्रियसभा निर्वाचन परिणामको भोलिपल्ट भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

सम्बन्धित समाचार