राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइयो, चल्न नदिने एमालेको चेतावनी

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै माघ २ गते आइतबारको सूचनामार्फत स्थगित गरेको बैठक माघ १७ गतेका लागि बोलाइएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम बैठक बोलाएको जनाएको छ । प्रतिनिधिसभा बैठक माघ १६ गते बस्दैछ ।



यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म दुबै सदनको बैठक चल्न नदिने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार