नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ ।
आज बसेको सीसीएमसी बैठकपछि कुरा गर्दै प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । ‘सीसीएमसीको सिफारिसमा अब डीसीसीएमसीले खुलाउने निर्णय गर्न सक्छन्’ प्रवक्ता नेपालले बताइन् । विद्यालय भने माघ महिनाभरी बन्द गर्न बैठकले सिफारिस गरेको छ ।
कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।
