कृषि मन्त्रीलाई कालोझण्डा देखाउने तीन जना पक्राउ

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमतका उपत्यका अध्यक्ष हरेन्द्र चौधरी, सचिव अजय चौधरी र सदस्य जितेन्द्र मण्डल रहेका छन् ।



किसानलाई मलखाद उपलब्ध गराउन नसकेको भन्दै उनीहरू मन्त्री यादवको घर अगाडि कालोझण्डा देखाउन पुगेका थिए । जनमत पार्टीले मधेश केन्द्रित किसान आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार