नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन् । यद्यपि पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट जेठमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेको मन्त्री कार्कीले बताए ।
‘गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । त्यसका लागि कानुनी अफ्ठ्याराहरू हुन सक्छन्, संविधानसँग हाम्रो स्थानीय तहको निर्वाचन ऐन बाझिएको अवस्था छ, त्यसैले कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री कार्कीले भने ।’
उनले निर्वाचन एकै चरणमा गर्ने वा के गर्ने भन्ने विषयमा सरकारले आयोगसँग छलफल गरेपछि मात्रै टुंगो लाग्ने बताएका थिए । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटाएको हो ।
