नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीसामु घुँडा टेकेको आरोप लगाएका छन्।
‘एमसीसी पास नभए गठबन्धन तोड्ने’ प्रधानमन्त्री देउवाले चेतावनी दिएको समाचार प्रकाशित भएपछि आइतबार रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त आरोप लगाएका हुन्।
उनले ट्वीट गरेका छन्- ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवावसामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस्।’
