उत्तर कोरियाद्धारा अन्तरिक्षबाट खिचिएको मिसाइल परीक्षणको तस्बिर सार्वजनिक

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचिएको मिसाइल परीक्षण तस्बिरहरु सार्वजनिक गरेको छ। उत्तर कोरियाले सन् २०१७ यता गरेको मिसाइल परीक्षणको तस्बिरहरु सार्वजनिक गरिएको हो। अहिले सार्वजनिक गरिएका तस्बिरहरुमा कोरियाली प्रायद्वीप र त्यसको आसपासका क्षेत्रहरु देख्न सकिन्छ।

उत्तर कोरियाले आइतबार गरेको जनवरी महिनाको सातौं मिसाइल परीक्षण मध्यम गतिको ब्यालेस्टिक मिसाइल भएको बताएको छ। उत्तर कोरियाले टेस्ट वारहेडमा फिटिङ गरेको क्यामेराबाट उक्त तस्बिर सार्वजनिक गरेको हो।

उसले सार्वजनिक गरेको दुई तस्बिरमा परीक्षण गर्ने बेलाको तस्बिर छ भने अन्य तस्बिर परीक्षणको मध्यभागमा लिइएको छ।संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई कुनै पनि ब्यालेस्टिक तथा न्युक्लियर हतियार परीक्षणमा रोक लगाएको छ। यद्यपि उत्तर कोरियाले सन् २०२२ को सुरुवातसँगै मिसाइल परीक्षणलाई तीव्र बनाएको छ।

 

 



सम्बन्धित समाचार