नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

सर्वोच्च अदालतमा कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको छ । आज (मंगलबार) सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले सर्वोच्चमा सोमबार रिट निवेदन दायर गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
उक्त रिटको पेशी माघ १९ अर्थात् बुधबारका लागि तोकिएको छ ।
यस्तो छ रिट :
