नेपाली क्रिकेट टोली आज ओमान जाँदै, को-को परे टिममा ? (नामावलीसहित)

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोली आज(मंगलबार)ओमान प्रस्थान गर्दैछ । नेपाली टोली आज राति ८:३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।



त्यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् । छनोटअघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । उक्त सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

पहिलो खेलमा नेपालले ओमानसँग फेब्रुअरी ११ मा, दोसो खेल युएईसँग फेब्रुअरी १२ मा र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका थिए । त्यस्तै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यसपटक राष्ट्रिय टोलीमा बलर सोमपाल कामी र विनोद भण्डारी अटाउन सकेनन् ।

नेपाली टिम –

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

आरिफ शेख

कुशल मल्ल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

अविनाश बोहरा

प्रदिप ऐरी

जितेन्द्र कुमार मुखिया

विवेक यादव

लोकेश बम

सम्बन्धित समाचार