लिभरपुल र आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० ले पराजित गर्यो भने आर्सनलले उल्भ्सलाई १-० ले हराएको हो ।

लिभरपुलको लागि डिएगो जोटाले दुई गोल गरे । एकतर्फी बनेको खेलमा खेलको ३४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ८७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा जोटाले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।



लिभरपुल

जितसँगै लिभरपुल २३ खेलमा ५१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने २६ अंक जोडेको लेस्टर १२ औं स्थानमा रहेको छ । त्यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा आर्सनलले उल्भ्सलाई १-० ले पराजित गरेको छ । उल्भ्सको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनललाई जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए थिए ।

त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल आर्सनलले १-० ले आफ्नो पक्षमा पार्यो । त्यसअघि खेलको ८९ औं मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । जितसँगै आर्सनल २२ खेलमा ३९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने ३४ अंक जोडेको उल्भ्स आठौँ स्थानमा रहेको छ ।

आर्सनल

लिभरपुल

आर्सनल

आर्सनल

सम्बन्धित समाचार