नेपाल टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

कर्णाली प्रदेशमा पहिलोपटक नेपाल टेलिकमले ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । आइतबारदेखि नेपाल टेलिकमले ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको हो ।

एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो ।टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताए ।



अप्टिकल फाइबर पुर्याएर ट्रिपल प्ले भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार