नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को पहिलो खेलमा नेपाल र ओमान भिड्दै छन् । आज (शुक्रबार) नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।
नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । नेपालले विश्वकप छनोटअघि भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् ।
नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिख अर्थात आज ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरेट क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।
त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाली टिम
कप्तान सन्दीप लामिछाने
शरद भेषावकर
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
कुशल भुर्तेल
आरिफ शेख
आसिफ शेख
अविनाश बोहरा
जितेन्द्र कुमार मुखिया
कमल सिह ऐरी
विवेक कुमार यादव
लोकेश बहादुर बम
सागर ढकाल
गुल्सन झा
रिजर्भ खेलाडी :
कुशल मल्ल
सहाव आलम
प्रदिप ऐरी