नेपाल र फिलिपिन्स भिड्दै

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपाल र फिलिपिन्स भिड्दै छन् । आज (शनिबार ) नेपालले फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपाल पहिलो खेलमा घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गरेको छ । नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराउदै २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।



आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने
शरद भेषावकर
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
कुशल भुर्तेल
आरिफ शेख
आसिफ शेख
अविनाश बोहरा
जितेन्द्र कुमार मुखिया
कमल सिह ऐरी
विवेक कुमार यादव
लोकेश बहादुर बम
सागर ढकाल
गुल्सन झा

रिजर्भ खेलाडी :
कुशल मल्ल
सहाव आलम
प्रदिप ऐरी

सम्बन्धित समाचार