नेपाल र क्यानडा भिड्दै

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडा भिड्दै छन् । आज (सोमबार) नेपालले क्यानाडाको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्ने योजनको साथ मैदान उत्रदैछ । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।



क्यानाडालाई पराजित गरे नेपाल समूह विजेताको हुँदै सेमिफाइनल प्रवेश गर्नेछ । तर, यदि पराजित भएको खण्डमा नेपाल क्यानाडासँग साथै ओमानले फिलिपिन्समाथि जित निकाले अतिम चार पुग्नेको छिनोफानो नेट रनरेटमा हुनेछ । आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

 

सम्बन्धित समाचार