क्यान इन्फोटेक वैशाख ७ देखि

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

सन १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेक मेला वार्षिक रुपमा गर्दै आएको छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहने गरी तयारी अगाडि बढाइएको महासङ्घले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।



इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल लगायतका सामग्रीहरू प्रदर्शनीमा रहनेछन् ।

सम्बन्धित समाचार