विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

यूएईमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी सन्दीप लामिछानेको कप्तानीमा क्यानले विश्वकप क्रिकेट लिग–२ का लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपालले यूएई जानुअघि श्रीलंकामा स्थाननीय टोलीसँग चार वटा अभ्यास खेल खेल्नेछ । नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ । नेपाल श्रीलंकाबाट १४ मार्चमा यूएई प्रस्थान गर्नेछ ।



नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै दोस्रो खेल नेपालले युई एईविरुद्ध मार्च १८ मा खेल्नेछ भने तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । यस्तै मार्च २२ मा नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेल्नेछ । नेपाल ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ भने १० खेल खेलेको युएई १२ अंक सहित चौथों स्थानमा रहेको छ । यसैगरी १२ खेलमा जितविहिन रहेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने
ज्ञानेन्द्र माल्ल
दीपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
आसिफ शेख
आरिफ शेख
कमलसिंह ऐरी
विवेककुमार यादव
सागर ढकाल
पवन सरराफ
करण केसी
विनोद भण्डारी
रोहितकुमार पौडेल
सोमपाल कामी
बिक्रम सोब
भीम सार्की

सम्बन्धित समाचार