रियल मड्रिड क्वाटरफाइनलमा

पीएसजी बाहिरियो

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले पराजित गर्दै समग्रमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा पीएसजीले रियल मड्रिड १-० ले पराजित गरेको थियो । रियल मड्रिडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा रियललाई अन्तिम आठमा पुर्याउन करिम बेन्जिमाले ह्याट्रिक गोल गरे भने पीएसजीका लागि केलियन एमबाप्पेले सान्त्वना गोल गरे । सुरुआती अग्रता जोगाउन नसक्दा पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।



रियल मड्रिड क्वाटरफाइनलमा

पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा रियलले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गर्यो । खेलको ६१ औं मिनेटमा रियलका बेन्जिमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि ह्याट्रिक पूरा गर्ने क्रममा बेन्जिमाले खेलको ७८ औं मिनेटमा गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।

पीएसजी

बेन्जिमा

बेन्जिमा

बेन्जिमा

 

 

सम्बन्धित समाचार