नेपाल र पपुवा न्युगिनी भिड्दै

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा आज (बुधबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । युएईको सारजाहमा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै पीएनजी पनि पहिलो जित निकाल्ने दाउमा रहेको छ । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले युएईविरुद्ध मार्च १८ मा खेल्नेछ भने तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।



यस्तै मार्च २२ मा नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेल्नेछ । नेपाल ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ भने १५ खेल खेलेको युएई १८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १३ खेलमा जितविहिन रहेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित समाचार