नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।
भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (बिहीबार) भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल आज बंगलादेशलाई हराउँदै पहिलो जित निकाल्ने योजनामा रहेको छ । तर, उपाधि दाबेदार मानिएको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुने छैन । त्यस्तै नेपाललाई पराजित गर्दै बंगलादेश पनि प्रतियोगितामा सु:खद सुरुआत गर्न चाहन्छ ।
मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने खेलमा शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतको सामना गर्नेछ भने अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ ।