नेपाल र युएई भिड्दै

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र घरेलु टोली युएई भिड्दै छन् । युएईको सारजाहमा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ ।

नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै युएई पनि सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो ।



नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ र सिरिजको अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल ९ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १५ खेलमा १८ अंक जोडेको दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा जितविहिन रहेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित समाचार