इंग्लिस प्रिमियर लिगमा लिड्स विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लिड्सले उल्भ्सलाई ३-२ ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २६ औं मिनेटमा जोनीले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा लिड्सका ज्याक ह्यारिसनले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ६६ औं मिनेटमा लिड्सका रोड्रिगो मोरेनोले गोल गर्दै खेललाई २-२ बराबरीमा ल्याए ।



त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को जित दिलाए । त्यसअघि खेलको ५३ औं मिनेटमा उल्भ्सका राउल जेमिनेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै लिड्स ३० खेलमा २९ अंक जोड्दै तालिकाको १६ औं स्थानमा छ भने ४६ अंक जोडेको उल्भ्स आठौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार