नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।
चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकु र हाकिम जिएचले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन र खेल चेल्सीले २-० ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा प्रवेश गर्यो ।
यद्यपि दोस्रो हाफमा दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । यस्तै च्याम्पियनसिप क्लब मिड्ल्सब्रो भने चेल्सीसँग पराजित हुँदै क्वाटरफाइनलमा रोकिँदै प्रतियोगिताबाट बाहिरियो ।