नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) नेपाल र घरेलु टोली युएई भिड्दै छन् । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ ।
नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै युएई पनि नेपालमाथि दोस्रो जित निकाल्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो ।
यता घरेलु टोली भने पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले, दोस्रो खेलमा नेपाललाई ४८ रनले र तेस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै आज तेस्रो खेल खेल्न लागेको नेपालले सिरिजको अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ ।
विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल १० खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १७ खेलमा २० अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १ जित निकालेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।