नेपाल युएईसँग पराजित

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित हुन पुग्यो ।

त्यसअघि युएईको दुबई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनायो । उसका लागि रोहण मुस्तफाले ६० रनको अर्धशतकीय पारी खेले भने मुहम्मद वसिमले ३३ रन बनाए । त्यस्तै चिराग सुरी २६ रन बनाई आउट भए भने भ्रित्य अरभिन्दले २४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करण केसीको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १-१ विकेट लिए ।



२०३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३५.१ ओभरमा १०४ रनमा अलआउट भयो । नेपालको लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाए भने आरिफ शेख र सोमपल कामीले समान १५-१५ रन बनाई आउट भए । त्यस्तै बिनोद भण्डारीले १२ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । युएईको लागि जुनेद सिद्दिकीले ४ विकेट लिए भने कशिफ दाउद र अहमद राजाको भागमा समान २-२ विकेट रह्यो ।

जारी सिरिजमा नेपालले लगातार घरेलु टोली युएईसँग हार व्यहोरेको छ । त्यस्तै युएईले नेपाललाई लगातार दोस्रो पटक पराजित गरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । यता घरेलु टोलीले भने पहिलो खेलमा पीएनजीलाई ७ विकेटले, दोस्रो खेलमा नेपाललाई ४८ रनले र तेस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो ।

सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल नेपालले मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल ११ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १८ खेलमा २२ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १ जित निकालेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित समाचार