नेपाल र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत चौथों तथा अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (बुधबार) भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ ।

बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । तर, बलियो टोली बंगलादेशलाई पराजित गर्न नेपाललाई त्यति सहज भने हुने छैन । प्रतियोगिताको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।



पहिलो खेलमा नेपाल भारतसँग ४-२ ले दोस्रो खेलमा बंगलादेशसँग ४-२ र तेस्रो खेलमा भारतसँग ५-१ ले पराजित भएको नेपाल आज बंगलादेशलाई हराउँदै पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रदैछ । प्रतियोगितामा ३ खेल खेलेको नेपालले अंक जोड्न सकेको छैन । अंकविहिन नेपाल तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने खेलमा शीर्ष टोलीले उपाधि जित्नेछ ।

 

 

 

सम्बन्धित समाचार