नेपाल पीएनजीविरुद्ध बलिङ गर्दै

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल र पीएनजी भिड्दै छन् । आज (शुक्रबार) बाट सुरु भएको खेलमा नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको हो । नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ भने पीएनजी पनि नेपाललाई उसकै घरेलु मैदानमा हराउने योजनाका साथ मैदान उत्रदै छ । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । नेपाल र पीएनजीको दोस्रो खेल शनिबार हुनेछ । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो ।



उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई एकदिवसिय सिरिज खेल्नेछ भने मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।

 

सम्बन्धित समाचार