नेपाल पपुवा न्युगिनीसँग पराजित

रोहितको कीर्तिमान

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित हुन पुग्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनायो ।उसका लागि चार्ल्स अमिनी र कप्तान असद भालाले क्रमश:७७ र ६० रनको अर्धशतकीय पारी खेले भने नोर्मन भानुआले ४७ रन बनाए । त्यस्तै राइली हेकुरे ३१ रन बनाई आउट भए भने जेसन किला १३ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामी, कमल सिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र पवन सराफको भागमा समान १-१ विकेट रह्यो ।



२९३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रनमात्र बनाउन सक्यो । नेपालको लागि रोहित कुमार पौडेलले १२६ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाए । त्यस्तै रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले मन्त्र एकदिवसीय खेलमा शतक हानेका थिए । यसैगरी रोहितले उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान पनि तोडेका छन् ।

रोहित कुमार पौडेल

यसैगरी आरिफ शेख ३४ रन बनाई आउट भए भने कुशल भुर्तेलले ३२ रन जोडे । यस्तै सोमपाल कामी र कमल सिंह ऐरी समान १८-१८ रनमा अविजित रहँदा भिम शार्कीले १७,रन बनाए । पीएनजीका लागि नोरमान भानुआले ३ विकेट लिए भने चार्ल्स अमिनी, असद भालाको भागमा समान २-२ विकेट रह्यो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । नेपाल र पीएनजीको दोस्रो खेल शनिबार हुनेछ । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो । उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई एकदिवसिय सिरिज खेल्नेछ भने मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।

 

सम्बन्धित समाचार