नेपाल र पीएनजी भिड्दै

सिरिज जोगाउने लक्ष्यका साथ मैदान उत्रदै नेपाल

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटको दोस्रो तथा अन्तिम खेलमा नेपाल र पीएनजी भिड्दै छन् । आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज सिरिज जोगाउने योजनामा रहेको छ भने पीएनजी पनि नेपाललाई उसकै घरेलु मैदानमा लगातार हराउने योजनाका साथ मैदान उत्रदै छ । शुक्रबार भएको खेलमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको थियो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो ।



उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । यस्तै मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।

 

सम्बन्धित समाचार