नेपाल टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

नेपाल टेलिकमले ‘अल नेट भ्वाइस प्याक’ अफर ल्याएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले ‘अल नेट भ्वाइस प्याक’ अफर ल्याएको जानकरी दिएको हो ।

टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक ल्याएको हो । सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



अब जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपियाँमा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपियाँमा प्रयोग गर्न सकिने कम्पनीले छ । यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड। अल नेट डे भ्वाइस प्याक’ र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने ‘अनलिमिटेड अल नेट नाइट प्याक’ जम्मा २५ रुपियाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपियाँमा ३० मिनेट र १५ रुपियाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने ‘अल नेट डे भ्वाइस प्याक’ पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नयाँ प्याकहरू २०७८ चैत १७ देखि २०७९ वैशाख ४ सम्म खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ ।

सम्बन्धित समाचार