नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ । टेलिकमले नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि अनलिमिटेड डेटा र भ्वाइससहितको अफर ल्याएको जनाएको हो ।

उक्त अफरमा २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक किन्न सकिनेछ।



त्यसैगरी दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबी डेटा प्याक र पाँच सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ।टेलिकमको नयाँ वर्ष लक्षित अफर चैत २९ देखि वैशाख ३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार